८ बैशाख २०८१, शनिबार
Header

वुंगद्य (रातो मछिन्द्रनाथ) जात्रा सुरु


प्रकाशित: बुधवार, २५ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । वुंगद्य (रातो मछिन्द्रनाथ) जात्रा बुधवारबाट ललितपुरमा सुरु भएको छ । 


उपत्यकाको ऐतिहासिक जात्रा रातो मछिन्द्रनाथको जात्रालाई ६ महिनासम्म लागिरहने जात्रा भनेर पनि चिनिन्छ । 


वर्षा र सहकालका देवताको रुपमा मानिने यस मछिन्द्रनाथ रथयात्रामा ठुलो संख्यामा स्थानीयवासीहरुको उपस्थितीका विच सुरु भएको हो ।  दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रा स्थानीयले तानेर पुल्चोकबाट विहिवार गाबाहलसम्म पुराउँछन । 


बुधबार नै रथको धँमामा भैरबको मुकुट र दायाँ वाया नाग राखिएको छ । 


रथ यात्राका क्रममा स्थानीयले रथको पूजा पनि गर्ने गर्छन्न । रथलाई एक दिन गाबहालमा राखेपछि सुन्धारातर्फ लगिने परम्परा रहेको छ । 


त्यसपछि सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल लगिन्छ ।


किवदन्ती अनुसार  लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको हो । 


काठमाडौंमा यस अघि सेतो मछिन्द्रनाथ रथ यात्रा मनाईएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD