१७ बैशाख २०८१, सोमबार
Header

वीर र ट्रमा सेन्टरमा एक घण्टा चाँडो ओपिडि सेवा सुरु


प्रकाशित: सोमवार, १ साउन २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । वीर अस्पताल र ट्रमा सेन्टरमा साउन १ (आजदेखि) एक घण्टा छिटो बहिरङग सेवा (ओपिडी) सुरु गरिएको छ । 


विहान ८ बजेदेखिनै यी अस्पतालमा ओपिडी सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । यस अघि विहान ९ बजेबाट मात्र सो सेवा सुरु हुने गरेको थियो । 


वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएका हो र दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको छ । 


त्यसैगरी अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन ।


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD