३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिलान्यास


प्रकाशित: मंगलवार, ७ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधिसभा संसद प्रकाशमान सिंह र काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा वीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन । 


सोमबार महानगरको वडा २९ मा बीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले भवन निर्माण समयमै हुने विश्वास व्यक्त गरेका छन । 


उनले संसद विकास कोषको बारेमा उठेको संसद विकासको पैसा गोजीमा आउने होइन, त्यसैले जथाभावी खर्च गर्ने पनि होइन, त्यसैले नकारत्मक आलोचनका कनै अर्थ नरेको बताए । 


त्यसैगरी महानगर प्रमुख शाक्यले महानगरले बृद्धाश्रम निर्माण गर्ने होइन, आमाबाबुको रेखदेख छोराछोरीले गर्नुपर्दछ, महानगरले बृद्धबृद्धाकालागि प्रत्येक वडामा जेष्ठ नागरिक मनोरञ्जन पार्क निर्माण गरिने भनाई राखे । 


सात करोडको लागतमा निर्माण हुन गईरहेको भवन निर्माणमा काठमाडौं क्षेत्र नं. १ का संसद सिंहले संसद कोषबाट ५० लाख उपलब्ध गराएका छन भने महानगरको २९ वडाले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । 


करीब २ रोपनी क्षेत्रफलमा भुइँतलासहित साढे चार तलाको भवन निर्माण गरिने वडा अध्यक्ष कुश ढकालले जानकारी दिएका थिए । 


भवन निर्माणका लागि प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ र गणेश दुलालले थप रकम प्रदेशबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन । 


कार्यक्रममा जेष्ठ नागरिक महासंघका अध्यक्ष एवं कलाकार मदनदास श्रेष्ठ, जेष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष प्रभातमणि (प्रवीण) ओझाले भवन निर्माण विषयमा बोलेका थिए । 


भवन निर्माण गर्दा जेष्ठ नागरिकको आवतजावत तथा अन्य क्रियाकलापलाई मध्यनजर गरी जेष्ठ नागरिकमैत्री बनाइने सेवा केन्द्रले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex