८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

वीर गणेशमान बक्सिङ प्रतिगीता शुरु,  शनिल शाहीको जीत


प्रकाशित: बुधवार, २३ माघ २०ः०० बजे
- महानगरखबर

काठमाडौं । वीर गणेशमान राष्ट्रिय पहिलो प्रतियोगिता मंगलावरबाट काठमाडौंको हनुमानढोका गद्दी बैठक अगाडीको प्रांगनमा सुरु भएको छ ।


पहिलो प्रतियोगिता अन्तर्गत प्रदेश न ३ का शनिल शाहीले पुरुष ६० केजी तौल समूह पहिलो राउण्ड टेक्निकल नकआउट गर्दै प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमा पराजित गर्दै जित हासिल गरेको छ । 


पहिलो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका सुशुल थापा र नेपाल पुलिस क्लबकी दिवान शर्माले क्वार्टरफाइनलमा स्थान बनाएका छन । 


पुरुष ४९ केजी तौलसमूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई पराजित गरेका हुन । नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ कै आकृति गुरुङलाई पराजित गरेकी हुन् । खेलको पहोलो दिन विजेता सबै खेलाडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन ।


प्रतियोगिताको सुरुवाती खेलमा पुरुष ४९ केजी तैलसमूहमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई हराएको छ । पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउण्डमा पराजित गरे ।

 
महिलातर्फमा ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश २ कि सपना गुरुङलाई हराइन् । पुरुष ६० केजी तौल समूहमानै प्रदेश ८ का भरत चन्दले जित हासिल गरे ।


भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरे । पछिल्लो अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराएको हो ।


गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले खेल प्रतियोगिताको उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगर १ लाख १ हजार नगदसहित प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । खेल प्रतियोगिता आइतबार सम्म जारिरहने छन ।    
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex