काठमाडौं । वीर अस्पताल सरसफाई अभियानमा जुटेका धुर्मुस–सुन्तली फाउण्डेशनलाई पर्यटन व्यवसायीले ८ लाख सहयोग प्रदान गरेको छ ।
४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम रु ८ लाख १५ हजार २३० आर्थिक सहयोग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरेको हो ।
मंगलबार व्यवसायीहरुले ११ औं अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक कार्यक्रम गरी वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेको नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले बताएका छन् ।
वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको उनले जानकारी दिए ।
Categorized in समाज