१७ बैशाख २०८१, सोमबार
Header

वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन गर्ने


प्रकाशित: शनिवार, ६ फागुन २०७९, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । विभिन्न आगलागी दुर्घट्नामा परेकाहरुका लागि वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन गर्ने भएको छ । 


वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलका अनुसार अबको तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याईने तयारी गरिएको छ । 


‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’ उनले भने ।  


विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।


अहिलेको काठमाडौंको कीर्तिपुर अस्पतालमा मात्र ‘बर्न वार्ड’ सञ्चालनमा रहेको छ । पछिल्लो समय नेपालमा आगलागी दुर्घट्नबाट धेरै मानिसहरु घाईते हुन थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD