काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स माग गरेको छ ।
शुक्रबार अस्पतालले सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो ।
जेठ २६ गते परीक्षाको मिती तोकिएको अस्पतालले जनाएको छ । यस परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरूले पनि सहभागी हुन सक्ने छ ।
यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदन स्वतः कायम हुने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गत मंसिरमा आह्वान भई बीचमा स्थगित विज्ञापनमा १ हजार ३०० बढीले दरखास्त पेस भएको छ ।
अस्पतालले लिखित परीक्षामा सबैभन्दा बढी नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्नेछ ।
Categorized in स्वास्थ्य