२२ बैशाख २०८१, शनिबार
Header

वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने


प्रकाशित: सोमवार, १५ माघ २०८०, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)बाट छुटाउनु नहुने न्याम्स का उपकुलपति प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले बताएका छन । 


सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले सो बताएका हुन । 


२०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको थियो । 


संसदमा पेस भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतष्ठानसँग छुट्याइनुपर्छुु भन्ने पेस भएपछि कुलपति बस्नेतले असहमत प्रकट गरेका हुन । 


उनले संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताए । सोही कुरालाई ध्यानमा राखेर २०६३ सालमा यो आउँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको हो । 


उनले नेपाल सरकारका अस्पतालसँग सम्झौता गरेर चलाउने भन्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जुन उद्देश्यले स्थापना भएको हो यसले ट्रेनिङ र पढाइमा असर पुग्ने बताए ।


उनले भने, ‘यो छुट्टिनु हुँदैन । यो छुट्टिँदा नेपालमा अहिले एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने नै यो संस्था हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आइसकेपछि देशका सबै संघीय अस्पताल, जिल्ला अस्पतालसम्म पनि पोस्ट ग्र्याजुएट गरेका विशेषज्ञ चिकित्सक पुग्नुभएको छ । यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको देन हो ।’
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD