१७ बैशाख २०८१, सोमबार
Header

वीर अस्पतालमा सात सय वटा निःशुल्क बेड (शय्या) छुट्टाइयो


प्रकाशित: शुक्रवार, ८ असार २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । वीर अस्पतालमा सर्वसधारणको लागि सातसय वटा निःशुल्क शय्या छुट्टाइएको छ ।  


आज (शुक्रवार) देखि लागु हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले सो निःशुल्क शय्याको व्यवस्था गरेको हो । 


अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको हो ।


शय्याबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए । 


यसअघि शय्यामा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी नौ सय ६० शय्या रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD