२० बैशाख २०८१, बिहिबार
Header

वीर अस्पतालमा यी दुई रोगको उपचार सुरु


प्रकाशित: बुधवार, २० मंसिर २०८०, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । वीर अस्पतालमा ब्रेन टयुमर विशेषज्ञ क्लिनिक र न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा सुरु भएको छ । 


वीर अस्पतालमा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा हप्ताको दुई दिन आइतबार र बुधबार सञ्चालन हुनेछ । विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुने अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले जानकारी दिए । 


बुधबारबाट वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत विशेषज्ञ क्लिनिक सेवा सुरु भएको हो । 


यसैगरी राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि सुरु भएको छ । 


उक्त सेवा पनि साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म दिइने उनले बताए ।


यी सेवाबाट टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD