३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु


प्रकाशित: सोमवार, २६ फागुन २०८१, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । वीर अस्पतालमा अबदेखि दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ । 


अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले अस्पतालमा दुई सिफ्‌टमा अप्रेसन सेवा गरेको बताए । बिरामीको बढ्दो चाप र गुनासोलाई ध्यानमा राखेर अस्पतालले दुई सिफ्टमा अप्रेसेन सेवा दिन सुरु गरेको हो । 


अहिले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन दुई सिफ्टमा गर्न थालिएको डा. गौतमले बताए । 


वीरमा कुनै अप्रेसन गर्नुपर्‍यो भने दुई–तीन महिनासम्म पालो आउँदैन भन्ने गुनासो सेवाग्राहीको रहने गरेको छ।


आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमको भनाई छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए।


डा. गौतमले निमित्त निर्देशक भएलगत्तै यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex