६ जेठ २०८१, आइतबार
Header

वीर अस्पतालमा डाक्टर देखाउन लाईन लाग्नु नपर्ने


प्रकाशित: शुक्रवार, ३ मंसिर २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । वीर अस्पतालमा अबदेखि डाक्टर देखाउन लाईन लाग्नु नपर्ने भएको छ । 


शुक्रवार अस्पतालले डिजिटल सेवाको शुरुवात गरे सँगै मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सकिने भएको छ ।  गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।


सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछ । 


अस्पतालकी डा. अनुपमा कार्कीले यो प्रविधिको विकाससँगै घण्टौंसम्म लाइनमा बसेर टिकट लिनुपर्ने झण्झटबाट बिरामीले मुक्ति पाउने दाबी गरिन ।


सो प्रविधि अनुसार अब बिरामीले सिधै डाक्टर भेट्न मात्रै अस्पताल गए हुने भएको छ । यो प्रविधि अहिलेलाई ओपीडी सेवामा मात्रै लागू गरिएको छ ।


अस्पतालले यसअघि नै अनलाइनबाटै रिपोर्ट लिन सकिने सुविधा दिइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD