३ आषाढ २०८२, मंगलबार
Header

वीर अस्पतालमा एक महिनासम्म ब्रेन टयुमरको निःशुल्क शल्यक्रिया सेवा


प्रकाशित: आइतवार, २५ जेठ २०८२, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने भएको छ । 


अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा.राजीव झाका अनुसार जुन महिना ब्रेन टयुमरको दिवस भएकोले जुट ८ देखि जुलाई ८ सम्म उक्त सेवा निःशुल्क दिने भएको हो । 


‘यो महिना ब्रेन ट्युमर दिवसको महिना हो । त्यसैले, ८ जुन देखि जुलाई ८ सम्म दर्ता हुने ब्रेन ट्युमरका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्नेछन, ’डा झाले भने ।


उनले वीर अस्पतालमा मासिक ३० भन्दा बढी ब्रेन ट्युमरको शल्यक्रिया भइरहेको र यो सेवा अन्य समयमा १ लाख भन्दा बढी खर्च लाग्ने जानकारी दिए ।



न्यूरो शल्यचिकित्सक डा. सुशील मोहन भट्टराईले यो महिना शल्यक्रियालाई तीव्र बनाउँदै ४८ घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । 


अस्पतालले दिवसको अवसरमा नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक पनि सार्वजनिक गरेको छ । तथ्यांकअनुसार हाल नेपालमा प्रत्येक वर्ष २५ सय देखि २६ सय ब्रेन ट्युमरका नयाँ बिरामी थपिन्छन्, जसमध्ये बागमती र मधेश प्रदेशमा सबैभन्दा बढी छन ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex