४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा २ मजदुरको मृत्यु, एक गम्भीर


प्रकाशित: शुक्रवार, १० फागुन २०७५, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । गएराती वीर अस्पतालको निर्माणधीन भवनको अस्थायी लिफ्ट चुडिँदा २ मजदुरको मृत्यु भएको छ ।


मृत्यु हुनेहरुमा सप्तरीका २५ बर्षिया नवीनकुमार चौधर र २० बर्षिय भूमिकुमार चौधरी रहेको महानगरी प्रहरी बृत जनसेवाले जानकारी दिएको छ । 


सो दुर्घट्नामा सप्तरीकै सचितानन्द चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहको छ । 


विहिवार राती करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए ।  


मृतक २ जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex