काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख महिनामा थप तथा विस्तार गरिने १५ सेवाको सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तारके क्रममा वैशाख दोस्रो साता वीरको आइसीयूमा नौ शैय्या थप गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या प्रदीप मन्त्री पौडेलको नीति अन्तर्गत वैशाख महिनामा थप तथा विस्तार गरिने १५ सेवाको सूची अन्तर्गत चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा थप गरिने भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ ।नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या थप गर्ने तयारी छ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाखको अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ जानकारी दिइएको छ । जीपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता सञ्चालनमा ल्याउनेछ ।
धनगढीको गेटा अस्पतालले भने वैशाख तेश्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।
गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिएका थिए ।
Categorized in स्वास्थ्य