५ भाद्र २०८३, शुक्रबार
Header

वीरगञ्जमा ४ बालवालिकाको ह्युम पाईपले किचेर घाईते


प्रकाशित: सोमबार, २२ असोज २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । वीरगञ्जमा चार बालवालिकाको ह्युम पाईपले किचेर घाईते भएको छ । 


वीरगञ्ज महानगर १९ स्थित रातो बंगला परिसरमा खेल्ने क्रममा पाईप गुडेर बालबालिका घाइते भएको प्रहरीले जनाएको छ ।


बालवालिकालाई महानगरपालिकाको क्रेन लगेर उद्दार गरिएको हो । 


घाइते मध्ये ९ वर्षीया आयुषा यादव र ८ वर्षका रोहित राउतको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आयुषाको अनुहार, खुट्टामा चोट लागेको छ भने रोहितको हातमा चोट लागेको छ ।


त्यसैगरी जिरा भवानी १ का गोविन्द चौधरीका १० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 


दुबैको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex