१३ बैशाख २०८१, बिहिबार
Header

वीरगञ्जमा बयोधा अस्पतालको शाखा विस्तार


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । वीरगञ्जमा पनि बयोधा अस्पतालको शाखा विस्तार भएको भएको छ ।


अस्पतालको छतमा हेलिकप्टर अवतरण गर्न सकिने गरिने काठमाडौंको बल्खुमा निर्माण भएको सो अस्पतालको चर्चासँगै स्वास्थ्य सेवा दिन पनि सफल रहेको छ । 


गण्डकस्थित दिल्ली पब्लिक स्कूल नजिकै निर्माण गरेको सो अस्पताल जेठको दोश्रो साताबाट सञ्चालनमा आउने भएको छ । 


अहिले अस्पतालबाट स्वास्थ्य उपचार सेवा शुरु गर्न आवश्यक जनशक्तिको भर्ना, प्रशिक्षण र अन्य आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ । एक सय शैय्याको सो अस्पताल निर्माण लागत १ अर्ब रहेको अस्पताल श्रोतको भनाई छ । 


बहुविशेषज्ञ अस्पतालको रुपमा संचालन गर्न लागिएको यो अस्पतालमा एमआरआइ, सिटी स्क्यान,क्याथ ल्याब, एआइसियु, एनआइसियु, एमआइसियु, पिआइसियु, ट्रान्सप्लान्ट आइसियुको सहित ुस्टेट अफ द आर्टु पूर्वाधार निर्माण गरिएको कम्पनीले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD