२३ बैशाख २०८१, आइतबार
Header

विहिवार काठमाडौंको यी स्थानमा विद्युुत आपूूर्ति बन्द हुने


प्रकाशित: बुुधवार, १३ मंसिर २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । भोलि विहिवार काठमाडौंका केही स्थानमा बिहीबार विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।


टेकु सबस्टेसन स्तरोन्नतिको स्तरोन्नतिको काम चलिरहेकाले बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा बत्ति जाने प्राधिकरणले बतएको छ । 


त्यस्तै सोही समयमा कालीमाटी, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्म, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत आपूर्ति प्रभावित हुनेछ ।


लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले हाल टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम गरिरहेको जानकारी दिएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD