काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले पर्साबाट लागुऔषध गाँजासहित विहिवार बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन ।
चेकजाँचको क्रममा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले बताए ।
प्रहरीका अनुसार सो भारतमा लगि प्रतिकिलो रु १५ देखि २० हजारमा बेच्ने गरेको पाईन्छ । नेपालमा भने तस्करले सो गाँजा प्रतिकिलो ३ हजारमै खरिद गर्ने गर्दछ ।
Categorized in समाज