काठमाडौं । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आईतबार बिहानै टिपरको ठक्करबाट भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलमको मृत्यु भएको छ ।
साईलमा सवार बाबु छोरा पटिहानीतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको न.५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
Categorized in समाज