४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विहानैदेखि सिन्धुलीखण्डको राजमार्ग अवरुद्ध


प्रकाशित: बुधवार, १ फागुन २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । विपी राजमार्ग अन्तर्गत पर्ने राजमार्गमा विहानै टाटासुमोले विहान पढ्न हिडेको विद्यार्थीलाई ठक्कर दिएको छ । 


सो ठक्करबाट सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएपछि विद्यार्थीले राजमाग अवरुद्ध पारेका हुन । 


दुर्घट्ना कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा भएको थियो । सुमो ठक्कर दिई फरार भएपछि विद्यार्थी सडकमा उत्रेका हुन । 


घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीले दोषीलाई कारवाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन । 


विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।


सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौँतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारवाही गरिनेसमेत बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex