काठमाडौं । शनिवार हुने विदा बाहेक सरकारले दिन सार्वजनिक विदा वि.स. २०८२ सालमा ३६ वटा रहेका छन ।
सरकारले देशभर दिने विभिन्न विदाहरुमा चाडपर्व तथा सार्वजनिक दिवसका विदाहरु रहेका छन ।
नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार छन ।
हेरौ विदाहरुः
बैशाखमा – ४ दिन शनिबारको बिदा छ ।
वैशाख १ गते नयाँ बर्ष
वैशाख १८ गते विश्व मजदुर दिवस
वैशाख २९ गते पनि सार्वजनिक बिदा छ
जेठमा – पाँच दिन शनिबार विदा
जेठ १५ गते गणतन्त्र दिवस
असार– ४ दिन शनिवार विदा ।
साउन– पाँच दिन शनिबारको बिदा ।
२५ गते काठमाडौं उपत्यकामा गाईजात्रा पर्वको बिदा
भदौमा – ४ शनिबार विदा
१० गते हरितालिका (तीज)को विदा
१५ गते गौरा पर्व
२१ गते इन्द्रजात्रा
३० गते जितिया पर्व
असोज– ४ शनिबार विदा
३ गते संविधान दिवसको बिदा
६ गते घटस्थापना विदा
१३ गते सोमबारको फूलपातीदेखि असोज १८ गते शनिबारसम्म दशैं बिदा छ ।
कात्तिक– ५ शनिबार विदा
२ गते आइतबार काग तिहार छ । ३ गते काग तिहारको एक दिन कार्यालयहरु खुले पनि ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा छ ।
६ गते भाइटीकाको दिन परेको छ । त्यसपछि कात्तिक
१० गते छठ पर्वको बिदा हुने छ ।
२५ गते फाल्गुनन्दमा किराँत धर्मावलम्बीका लागिमात्र बिदा
मंसिर– चार दिन शनिबारको बिदा
१७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली
पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस को विदा
मंसिर १८ गते ज्यापु दिवसको बिदा
पुस– चार शनिबार विदा ।
१० गते क्रिसमस डेको बिदा
१५ गते मंगलबार तमू ल्होछार
२७ गते आइतबार पृथ्वी जयन्ती
माघ– चार शनिबार विदा ।
१ गते माघी पर्व माघे संक्रान्तिको बिदा
५ गते सोनम ल्होछार,
९ गते सरस्वती पूजा र
१६ गते शहीद दिवस परेको छ ।
फागुन– ५ शनिबार विदा ।
३ गते महाशिवरात्रिको बिदा
६ गते ग्याल्पो ल्होसार र
७ गते राष्ट्रिय प्रजातन्त्र दिवस
१८ गते हिमाली र पहाडी जिल्लामा होली पर्वको बिदा
१९ गते तराई मधेशका जिल्लामा होलीको बिदा
२४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को सार्वजनिक बिदा
चैत– चार शनिबार विदा
४ गते घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।
१३ गते शुक्रबार रामनवमीको बिदा हुने छ ।
ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् ।
Categorized in राष्ट्रिय