काठमाडौं । काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयहरुमा आगामी शैक्षिक सत्र २०८० मा ६५ दिन विद्यालय बन्द हुने छ ।
महानगरको शिक्षा विभागले जारी गरेको शैक्षिक सत्र २०८० को बार्षिक क्यालेण्डर अुनसार सो विदा हुने भएको हो ।
क्यालेण्डर अनुसार गर्मी विदा ९ दिन, दशैदेखि तिहारसम्म ३३ दिन, जाडो विदा १९ दिन र स्कुलले दिने स्वच्छिक विदा ५ गरी कुल ६५ दिन बार्षिक विदा हुनेछ ।
आगामी बैशाख ३ गते देखि शैक्षिक सत्र हुने, पहिलो त्रैमासिक मुल्यांकन साउन २५ देखि भाद्र १ गतेसम्म हुने जारी क्यालेण्डरमा उल्लेख छ ।
वि.सं २०८० सालमा २२४ दिन पूर्ण रुपमा विद्यालय सञ्चालन हुने छ ।
Categorized in स्थानिय