१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विस्फोटन नहुने कम्पोजिट सिलिण्डर बजारमा आयो


प्रकाशित: सोमबार, ४ भाद्र २०७५, ११ः४३ बजे
- महानगरखबर

काठमाडौं । नेपाल ग्यासले विस्फोटन नहुने कम्पोजिट सिलिण्डर बजारमा आएको छ । 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले आइतबार सिलिण्डरको बिक्री शुभारम्भको उद्घाटन गरेको छ । आगोले विस्फोट नहुने, पारदर्शी हुने, ग्यासको लेभल जाँच्न मिल्ने,  अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली, फाइबरले बनेकोले सिलिण्डर हलुको हुने विशेषता भएको छ । 


कम्पनीले कम्पोजिट सिलिण्डर १४.२ किलो र ५ किलोमा ल्याएको छ । कम्पनीका अनुसार १४.२ किलो फाइबर सिलिण्डरको ग्यास वाहेक ९ हजार २ सय २५ रुपैयाँ र पाँच किलोको ६ हजार ९ सय ८५ रुपैयाँ पर्छ । यो सिलिण्डर मेरोकिराना डटकमबाट किन्न सकिने कम्पनीले जनाएको छ ।


उद्योगका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार उपभोक्तालाई सुरक्षित ग्यास दिने उदेश्यले कम्पोजिट सिलिण्डर बिक्री सुरु गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex