२ भाद्र २०८३, मंगलबार
Header

विस्केट जात्रामा ढुंगा हानाहान, ९ जना घाईते


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७५, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । गएराती भक्तपुरका बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन ।


सो क्रममा घाईते हुनेहरुमा माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन । 


त्यस्तैगरी मनीष कासुला र रिमेश शाही पनि घाइते भएका छन उनीहरु सबैको भक्तपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


गहिटीबाट रथ क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको थियो । 


रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।


प्रहरीले स्थितिलाई नियन्त्रणा लिएपछि मध्यरातीमा पुनः रथ तानेर टौमढी, गःहिटी हुँदै वंशगोपाल लगिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex