२० बैशाख २०८१, बिहिबार
Header

विष्णुमती नदी सरसफाइ अभियान सुरु


प्रकाशित: बुधवार, १ बैशाख २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नयाँ वर्ष २०७८ को प्रभारम्भसँगै विष्णुमती सरसफाई अभियानको सुरुवात भएको छ । 


काठमाडौ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको पहलमा शोभा भगवति मन्दिरबाट सफाई अभियान सुरु गरिएको हो । 


विहान ७ बजेदेखी ९ बजेसम्म गरिएको सफाई अभियानमा स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरीलगायतको व्यापक उपस्थिती रहेको थियो । 


हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने सांसद श्रेष्ठले जानकारी दिए । 


सरसफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । 


नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको भएको अभियानकर्मीहरुले बताएका छन ।

 
विष्णुमती नदीको उद्गम स्थल बुढानिलकष्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ । विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD