१२ बैशाख २०८१, बुधबार
Header

विष्णुमती किनारमा पुष्पलाल पार्कको उद्घाटन


प्रकाशित: विहिवार, ८ साउन २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलालको स्मृतिमा निर्माण भएको पार्क उद्घाटन भएको छ ।


नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधवार एक कार्यक्रम विच काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क उद्घाटन गरिएको हो । 


करीब एक करोडको लागतमा निर्माण भएको सो पार्क उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा निर्माण गरिएको हो । 


पुष्पलाको ४० औँ स्मृति दिवसको अवसर पारेर पार्क उद्घाटन गर्न पाउँदा खुशी नेपालले वताउँदै भने,‘विष्णुमति वारी पुष्पलालको सालिक सहितको पार्क निर्माण भयो, पारीपट्टी शोभागवतीमा गंगालालको सालिकसहितको पार्क छ,’ ‘नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेका योद्धाहरुका सालिक वरीपरी देख्दा र इतिहासका पन्ना पल्टाउन पाउँदा मन आनन्दित हुन्छ ।’  


त्यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरुप काठमाडौँ महानगरपालिका अघि बढेको बताए । 


‘काठमाडौँ महानगरपालिका महानगर क्षेत्र भित्रका मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनको कामलाई तिव्रताका साथ अघि बढाउन चाहन्छ,’ प्रमुख शाक्यले भने, ‘यो त्यसैको एउटा उदाहरण हो । लामो समयको मेहनतपछि यहाँ पार्क निर्माण सम्भव भएको छ ।’ 


प्रमुख शाक्यले सो अवसरमा हरेक वडा–वडामा यही आर्थिक वर्ष मात्रै ३० वढी पार्क निर्माण गर्ने योजना अघि बढाएको सुनाए । 


त्यसौगरी सातौँ नगरसभाले विष्णुमती किनारमा रहेका नदी किनारलाई सौदर्यीकरण गरेर हरियाली प्रवद्र्धन गरी पार्क निर्माण गर्न एकमुष्ठ बजेट विनियोजन गरेको पनि प्रमुख शाक्यले जानकारी दिए । 


महानगरले विष्णुमति करिडोरमा पार्क निर्माणको लागि २ करोड बजेट छुटाएको छ । 


कार्यक्रममा प्रदेश सांसद वसन्त मानन्धर, वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलगायतले सम्बोधन गरेका थिए । २०५१ साल अघिसम्म सुकुम्वासी बस्ती रहेको त्यहाँ सुरुमा वृक्षारोपन गरिएको थियो । 


वडाध्यक्ष महर्जनका अनुसार २०६५ सालमा त्यहाँ पुष्पलालको शालिक निर्माण गरिएको थियो । अहिले मायादेवी र सिदार्थ गौतमको समेत मुर्ति स्थापना गरेर विष्णुमतिको समेत सौदर्यीकरण गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD