काठमाडौं । काठमाडौंको महानगरपालिका – १३ स्थिती विष्णुमति पुलमा एक टंयाकरले मोटरसाईकलालाई ठक्कर दिँदा युवतीको मृत्यु भएको छ ।
बा.३४ प ५४२५ नम्बरको बाईकलाई ना.४ख् २९४८ नम्बारको टयांकरले ठक्कर दिँदा बाईकको पछाडी सवार दोलाखा जिल्ला घर भएकी ३२ बर्षिय बबिता थापाको मृत्यु भएको कालीमाटी प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन ।
ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
–––
Categorized in समाज