काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले विषादी परीक्षण निर्णयमा सविचहरुले डुवाएको आरोप लगाएका छन ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले आफुलाई गुमराहमा राखेर निर्णय गराएको बताए ।
मन्त्री यादवले पूर्वाधार पुरा नभई विषादी परीक्षणको निर्णय गल्ती भएकोले जनतासँग माफी समेत मागेको छ । उनले जनतालाई विषादी खान नदिने प्रतिवद्धता व्यक्त गर्दै यो घट्नाको सबै आफूले जिम्मा लिने भने ।
सरकारले कसैको दवावमा आएर विषादी परिक्षणको रोक्ने निर्णय नलिएको बचाउ गर्दै पुर्वाधार कमीकै कारण परीक्षण रोकिएको स्पष्टीकरण समेत दिएका थिए ।
Categorized in राष्ट्रिय