४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विषादी खाँदा बालकको मृत्यु


प्रकाशित: सोमबार, १० मंसिर २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । विषादी खाँदा एक बालकले लमजुङमा अकालमा ज्यान गुमाएको छ । 


असुरक्षित तरिकाले विषादी घरमा राख्दा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति विकले विषादी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


आमा शान्ति काममा गएका बेला बालकले उक्त विषादीको पोका खाँदा बेहोस भई उपचारका लागि नजीकैको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 


दमौली अस्पतालमा सोमबार शवपरीक्षण गरी आफन्तजनलाई बुझाइएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex