७ बैशाख २०८१, शुक्रबार
Header

विश्व बैंकद्धारा नेपालको वित्तिय संघीयतालाई सघाउन ११ अर्ब रुपियाँ ऋण


प्रकाशित: शुक्रवार, २७ असार २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौं ।  विश्व बैंकले नेपालको वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारको लागि ११ अर्ब रुपियाँ ऋण उपलब्ध गराउने भएको छ । 


शुक्रवार अर्थ मन्त्रालयमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङ्कर घिमिरेले हस्तार गरेका छन । 


सो आर्थिक सम्झौता अनुसार नेपाल सरकारको सङ्घीयताको कार्यसूची कार्यान्वयन, नीति, नियम र ऐन कानूनका माध्यमबाट वित्तीय सङ्घीयता स्थापना, सङ्घीय कानुन, सङ्घीयस्तरमा समग्र कानुन निर्माण, बजेट तर्जुमा तथा कार्यान्वयन, लेखा प्रणाली सुधारका साथै स्थानीय सरकारका बजेट प्रक्रियामा सघाउन उक्त सहायता उपयोग हुनेछ । 


त्यसैगरी पारदर्शिताको सुनिश्चितता, नागरिकप्रति जवाफदेहिता, अनावश्यक खर्च नियन्त्रण, कर सङ्कलन प्रणालीमा सुधार, मध्यकालीन खर्च ढाँचा तयारी, सुधारका कार्यक्रममा दिगोपन सुनिश्चिततामा पनि सहयोग रकम खर्च हुनेछ । 


आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारलाई विकासका साझेदारबाट प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न सचिव घिमिरेले आग्रह गरे ।


देशीय प्रबन्धक हादादजार्भोसले नेपालको सङ्घीयताको अभ्यासमा सघाउन र सङ्घीय संरचनालाई सुदृढ तुल्याउन बैंकले सहुलियतमा ऋण उपलब्ध गराएको सो अवसरमा बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD