काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्ष (२०२५)मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण हुने जनाएको छ ।
बुधवार बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदन सार्वजिनक गरेको छ ।
उक्त प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको सँगै आगामी आर्थिक वर्ष(सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान पनि गरेको छ ।
गत वर्ष विश्व बैंकले गत आर्थिक वर्ष (सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
प्रतिवेदनका अनुसार नेपालको अर्थतन्त्र केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने छ ।
नेपाल सरकारले भने यस वर्ष ६ प्रतिशत र एडीबीले ४.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् ।
Categorized in बैंक