काठमाडौं । विश्व नेवाः दिवश शनिवार एक बृहत सांस्कृतिक ¥याली सहित मनाईएको छ ।
हलि नेवाः दबूको तेश्रो महाधिवेसनको तेश्रो दिन बसन्तपुर दरबार स्क्वायर क्षेत्रबाट विहान शुरु भएको सांस्कृतिक ¥याली नगरका विभिन्न स्थान परिक्रमा गरी राष्ट्रिय सभागृहमा उक्त ¥याली समापन भएको थियो ।
नगर परिक्रमापछि सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले संस्कृति, सम्पदा र भाषिक रुपमा सम्पन्न भएको नेवाः समुदाय पूर्खाले आर्जेका सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले नेवाः समुदाय संगठित भए सबै प्रकारका हकअधिकार सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गर्दैै नेवाः समुदाय समृद्धितिर अघि बढ्न आवश्यक रहेका बताए ।
दिवस मनाउन अष्टमातृका, कुमारी, लाखेलगायतको नृत्य र झाँकीसहित नाय्खी, धिमेबाजा बजाउँदै नगरपरिक्रमा गरिएको थियो ।
हलि नेवाः दबूका सहसंयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपाल, अमेरिका, बेलायत, जापान, क्यानाडा, भारतलगायत १५ वटा देशसहित पाँचसय प्रतिनिधिले अधिवेशनमा भाग लिएको जानकारी दिए ।
हलि नेवाः दबूको तेश्रो अधिवेशन शुक्रवार शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा १० जना नेवाः अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुने व्यक्तित्वहरु जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीर सिं कंसाकार, मल्ल के सुन्दर, डा। महेशमान श्रेष्ठ, छत्रबहादुर कायस्थ, बैकुण्ठ मानन्धर, अमरिसलता राजभण्डारी, पुष्करलाल श्रेष्ठ, प्रेममान चित्रकार, अम्बिका श्रेष्ठ रहेका छन ।
Categorized in राष्ट्रिय