काठमाडौं । शारिरक सुगठनका विश्व विजेता महेश्वर महर्जनलाई शनिवार नगर परिक्रमा गराई विशेष सम्मान गरिएको छ ।
ज्यापु महागुथि नेपाः, काठमाडौं महानगर समितिको संयोजकत्वमा काठमाडौ महानगरका विभिन्न क्षेत्रको परिक्रममा गराई वसन्तपुरको महादेव महादेव पार्वती डवलीमा जनस्तरबाट सम्मान गरिएको हो ।
विश्व च्याम्पियन महर्जनलाई बाजागाजा, सांस्कृतिक झाक्री, गुथी, संघ, संस्था तथा जनप्रतिनिधिहरुका साथ काठमाडौंको महादेव पार्वती डवलीबाट सुरु भई प्याफल, नरदेवी, क्षेत्रपाटी, स्वाँ छपु गणेश, बांगेमुढा, असन, भोटाहिटी, वीर अस्पताल, न्यूरोड गेट, जुद्ध शालिक, धर्मपथ, ओमबहाल, लगन, ब्रम्हटोल, जैशीदेवल, कोहिटी, भिमसेनथान, मरु र बसन्तपुरमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाली कांग्रेसका नेता तीर्थराम डंगोल, नेवाः राष्ट्रिय पत्रकार दवूका अध्यक्ष श्रीकृष्ण महर्जन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी लगायतको उपस्थिती रहेको थियो ।
थाईल्याण्डमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा महर्जनले स्वर्ण पदक जितेको थियो ।



Categorized in राष्ट्रिय