काठमाडौं । मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको हक, हितको पक्षमा वकालत गर्ने समाजिक संस्था विश्वास नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालबिच अन्तरक्रिया सम्पन्न भएको छ ।
विश्वास नेपालसँग आवद्ध मनोविमर्शकर्ता पुजा श्रेष्ठका अनुसार काठमाडौ महानगरपालिका वडा नं. १, ४ र ५ का करिब ३० जना स्थानीय जनप्रतिनिधिहरुसँग परिचायत्मक तथा विश्वास नेपालबारे जानकारी मुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
कमलपोखरीका प्रहरी निरिक्षक प्रमुख सुकदेव खनालको आतिथ्यमा सञ्चालित सो अन्तरक्रियामा विश्वास नेपालको परिचय, उद्देश्य, लक्ष्य तथा संस्थाको कार्यक्रमबारे विश्वास नेपालका कार्यकारी निर्देशक बालकुमारी आलेले बताएका थिए ।
त्यसैगरी छलफलमा मनोरन्जन क्षेत्रका लागि आवश्यक कानुन, ऐन तथा नियमको बारेमा पनि चर्चा गरिएको थियो ।
नक्सालस्थित सोसियल क्याफेमा ज्येष्ठ १६ गते भएको सो अन्तरक्रियामा सहभागीहरुले प्रहरी निगरानी बढाउनुपर्ने, विधालय तथा कलेजहरुमा सम्बन्धित विषयहरुमा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुपर्ने तथा ग्रामिण क्षेत्रमा समेत कार्यक्रम लैजानुपर्नेमा जोड दिएका थिए ।
परियोजनाका संयोजक कमला सापकोटाद्वारा संचालन गरिएको सो कार्यक्रम फ्रिडिम फण्डको आर्थिक सहयोगमा भेस परियोजना अन्तर्गत विश्वास नेपाल, सामुदायिक सेवा केन्द्र नक्साल तथा कमल पोखरी प्रहरी बृतको संयुक्त अयोजनामा संचालन गरिएको थियो ।
Categorized in समाज