काठमाडौँ । मनोरञ्जन क्षेत्रम ( डान्स रेष्टुरेन्ट, क्याविन, दोहरी लगायत ) मा कार्यरत महिलाहरुको हक, अधिकारको लागि वकलात गर्दै आएको विश्वास नेपालले राजधानीको विभिन्न क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ ।
बिहीबार र शुक्रबार २ दिन सम्म देखाईएको सो सडक नाटकले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुप्रति हुने यौनदुव्र्यहार, शारिरिक शोषण, श्रम शोषण लगायत विषयमा केन्द्रित रहेको थियो ।
नाटक राजधानीको चाबहिल, गौशाला, चक्रपथ, गँगबु, ठमेल, सोह्रखुट्टे, कालोपुल, सुन्धारा, बालाजु र कलंकीमा देखाइएको थियो ।
नाटकमा विशेष गरी मनोरञ्जन क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई व्यवस्थापन तथा सञ्चालकले श्रम सम्झौता गरी त्यसका आधारमा काम र पारिश्रमिक व्यवस्था गर्नुपर्ने सन्देश सो नाटकमा देखाईएको थियो ।
त्यसैगरी सो सडक नाटकमा बालबालिका प्रयोग गर्न नुहने, कार्यरत कर्मचारीको नागरिकता र ठेगाना प्रष्ट राख्नुपर्ने, जीवन बीमा व्यवस्था गर्नुपर्ने, तोकिएको समयभन्दा धेरै काममा लगाउन परेमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्नेजस्ता पक्षलाई समावेश गरिएको थियो ।
संस्थाका अध्यक्ष तारा भण्डारीले पछिल्लो समय मानव बेचबिखनको क्षेत्र मानिउका डान्स, दोहोरी, क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष भण्डारीले यस्ता कार्य निरुत्साहन गर्न नाटक सशक्त माध्यम हुन सक्ने र हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले निगरानी बढाउनपुर्नेमा भनाई राखेका थिए ।
उक्त संस्थाको पहलमा प्रहरीको सहयोगमा वैदेशिक रोजगारीका बहानामा बेचबिखन तथा हिंसामा परेका बालबालिका तथा महिलालाई विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालीमको व्यवस्था गरी सम्बन्धित जिल्लामा फर्काउन सहयोग भएको छ ।
Categorized in मनोरन्जन