काठमाडौं । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको हक, हित र अधिकारको वकालत गर्दै आएको विश्वास नेपालले शुक्रबार व्यवसायी, ट्रेड युनियन र मिडियाकर्मीहरु बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौको अनामनगरस्थित युनियन हाउसमा आयोजित ‘इन्ट्रयाक्सन मिटिङ विथ इस्टाविलिस्ड ओनरर्स ट्रेड युनियन एशोसिएसन एण्ड मिडिया’ विषायक सो कार्यक्रमा विश्वास नेपालले विगत १० बर्षदेखि मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विषयमा गरेका काम बारे चर्चा गर्दै श्रमिक महिलाको अवस्थामा अझ थुप्रै काम गर्न बाकी रहेको बताएका छन् ।
सो कार्यक्रममा मनोरन्जन क्षेत्र (डान्स, बार, रेष्टुरेन्ट, दोहरी घरलगायत) क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि हुने गरेको श्रम शोषण, यौन हिंसाप्रति व्यवसायीहरु सचेत भई विश्वास नेपालका अभियानमा साथ र सहयोग दिन विश्वास नेपालका कार्यकारी निर्देशक वालकुमारी आलेले अपिल गरिकी थिईन् ।
कार्यकारी निर्देशक आलेले विश्वास नेपालले आयोजना गर्ने यस किसिमका अन्तरक्रिया कार्यक्रममा व्यववासायीहरुको साथ र सहयोग नपाएको गुनासो समेत गरिन । केही बुझेका व्यवासायीहरु बाहेक अन्यको साथ नहुँदा श्रमिक महिलाहरुप्रति न्याय गर्न नसकेको बताईन् ।
त्यसैगरी सो कार्यक्रममा विश्वास नेपालको अभियानमा सहयोगको लागि काठमाडौका कमलादीस्थित ‘नाईट हेभेन रेष्टुरेन्ट’ ले अबको एक महिनाभित्र कर्मचारीलाई नियुक्ती पत्रको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सो रेष्टुरेन्टका सचालकले नियुक्त पत्र र सेवा सर्तको एक नमुना समेत प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा उपस्थित केही व्यवसायीहरुले काम गर्न आउने कर्मचारीहरु स्वंयले नियुक्त पत्र, सेवा सुविधा, कामको निरन्तरताप्रति अनिश्चिता देखाउनाले गर्दा पनि समस्याहरु सिर्जना भएको बताए ।
कार्यक्रममा उपस्थित ट्रेड युनियनका अधिकारीहरुले व्यवासायीहरुले राज्यले लागु गरेको श्रम ऐन अनुुसार कामदारहरुलाई सेवा, सुविधा, सुरक्षाको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए ।
मिडियाकर्मीरुले विशवास नेपालको अभियानले अहिले सम्म गरेका उपलव्धि, आगामी दिनमा हुने कार्ययोजना, व्यवसायीहरुको धारणबारे जानकारी लिनका साथै सुझावहरु समेत दिएका थिए ।
त्यसैगरी कार्यक्रमको अन्त्यमा विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले विश्वास नेपालले श्रमिक महिलाहरुको हितमा राज्यको निकायहरुसँग सहकार्य गरेर निरन्तर अघि बढ्ने बताए । उनले व्यवासायीहरु सबै कुरा बुझेर पनि कार्यक्रममा सहभागी नभईदिँदा समस्याहरु उत्पन्न हुने गरेको तथा कार्यक्रमको लक्ष्य प्राप्त गर्न अप्ठेरो हुने गरेको बताईन ।
कार्यममा सहभागी व्यवसायी, ट्रेड युनियन , मिडियाकर्मी सबैको सहयोग र साथ आवश्यक रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिईन ।
कर्यक्रम विश्वास नेपालका कार्यक्रम संयोजक परशुराम चौधरीले संचालन गरेका थिए ।
Categorized in मनोरन्जन