काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिए लगत्तै सरकार विस्तार गर्ने बताएका छन ।
दाहालले चैत्र ६ गते विश्वासको मत लिएपछि १० गते मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिने शुक्रवार सञ्चारकर्मीहरुलाई बताएका छन ।
प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए ।
‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ दाहालले भने ।
सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीहरु मात्र छन ।
Categorized in राष्ट्रिय