काठमाडौँ । च्यांग्राको रौंबाट उत्पदान हुने पश्मिनाको बजार विश्वका ४७ मुलुकमा रहेको छ ।
नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा अध्याधिक लोकप्रिय मानिन्छ । पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादीत समान विश्व बजारमा निर्यात गर्ने गरेको नेपाल पश्मिना उद्योग संघले जनाएको छ ।
पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट नेपाल आयात गर्ने गरेको छ ।
संघका अनुसार नेपालमै स्थानीयस्तरमा रु दुई अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको बिक्री हुने छ भने विदेशी मुलुकमा रु २ अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको छ ।
वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको संघका कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले वताएका छन् ।
अधिकांश पश्मिना उद्योग काठमाडौँ उपत्यकामा रहेका छन् ।
Categorized in बजार