८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विश्वकप सेमिफाईनलमा आज फ्रान्स र बेल्जियमको भिडन्त हुँदै


प्रकाशित: मंगलबार, २६ असार २०७५, १०ः१३ बजे
- महानगरखबर

काठमाडौं । विश्वकप फुटवलको सेमिफाईनल हेर्ने प्रतिक्षाको लागि आजको खेल रोमाञ्चक हुनेछ । विश्वकप बिजेता ब्राजिललाई घर पठाउन सफल बेल्जियम र फ्रान्सबिच आज कडा प्रतिस्पर्धा हुनेछ ।

 
नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने हुने सो रोमाञ्चक प्रतिस्पर्धा खेलका विश्वभरका दर्शकहरु आत्तुर देखिएका छन भने नेपाल पनि यसबाट अछुतो भने छैन ।

 
फ्रान्सको लगि यो विश्वकप सुखद देखिएको छ ।  २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

 
यसैगरी बेल्जियमको लागि पनि यो स्वर्ण अवसर जस्तै भएको छ । सन् १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।


अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भने यी दुई टिम तीन पटक भिडेकामा  तीनवटै खेलमा फ्रान्सले जीत हासिल गरेको छ ।

 
आज कसेल बाजी मार्ला फुटवल हेर्नै पर्ने हुन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex