५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

विश्वकप फुटवलमा सट्टेबाजी लागाउने तीन जना काठमाडौबाट पक्राउ


प्रकाशित: मंगलबार, १९ असार २०७५, १९ः५१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । विश्वकप फुटवलमा सट्टेबाजी लागाउने तीन जनालाई काठमाडौबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 
विभिन्न फुटवल टीमको हारजितमा विभिन्न व्यक्तिहरुसंग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्यमा प्रहरीले काठमाडौं महानगरपालिका–१६ म्हैपी बालाजु बस्ने २२ वर्षीय प्रकट महर्जन, काठमाडौं महानगरपालिका–२० रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र काठमाडौं महानगरपालिका–१५ चागल बस्ने २५ वर्षीय सुजेन शाही रहेका छन् ।

 
उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ बज्रहोटल नजिकबाट नगद ६ लाख ९९ हजार रुपैयाँ र उनीहरुले प्रयोग गर्दै आएको मोवाईल ४ थान सहित पक्राउ गरेको हो ।

 
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex