काठमाडौं । पूर्वी जिल्ला ताप्लेजुङमा बिहिबार विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।
उनी फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी बेपत्ता भएका छन् ।
मोटरसाइकलमा सवार राई र उीसँगै रहेका खड्ग विक खोलाको खोल्सा तर्ने क्रममा अचानक बाढी आउँदा राई बेपत्ता भएभने विक हाम फालेर बाँचेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।
Categorized in समाज