२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

विशाल बजार बन्यो सेयर बजारको ठुलो कम्पनी


प्रकाशित: बुधवार, १२ मंसिर २०८१, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित विशाल बजार कम्पन्न सेयर बजारको सबैभन्दा ठुलो कम्पनी बनेको छ ।


बुधबार बजार बन्द हुँदा यो कम्पनी १ खर्ब ९८ अर्ब बराबरको बनेको छ । बिहानसम्म विशाल बजार कम्पनीको नेप्सेमा कुल बजार पुँजीकरण दुई अर्ब २१ करोड रूपैयाँ थियो । 


बुधबार कारोबार बन्दा हुँदा यो कम्पनीको कुल बजार पुँजीकरण एकै पटक एक सय गुणासम्म बढेको छ ।


विशाल बजारको यस दिन सेयर मूल्य एकैदिन १० प्रतिशत अर्थात् ४ सय ५० रूपैयाँले बढेर अन्तिम कारोबार चार हजार नौ सय ५० रूपैयाँमा भएको छ ।


मंगलबार मात्रै यस कम्पनीको तीन करोड ९६ लाख ८ हजार छ सय कित्ता संस्थापक सेयर सूचीकृत भएको थियो ।


आज बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम एक खर्ब ७७ अर्ब रूपैयाँको कम्पनी भएको छ ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex