१५ बैशाख २०८२, सोमबार
Header

विशाल बजार कम्पनीले १४ प्रतिशत नगद लाभांश दिने


प्रकाशित: मंगलवार, २९ माघ २०८१, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । विशाल बजार कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।


कम्पनीले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । पुँजीकरणका आधारमा सेयर बजारको सबैभन्दा ठूलो कम्पनी विशाल बजार हो । 


साथै कम्पनीले फागुन २८ गतेका लागि साधारणसभा पनि बोलाएको छ । यो लाभांश प्रस्ताव साधारणसभामा लगिँदैछ ।


साधारणसभाले लाभांश पारित गर्नुका साथै सेयर पूँजी ४ अर्ब १ करोड अनुमोदन गर्नेछ । फागुन ९ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।


फागुन ८ गतेसम्म सेयर होल्ड वा खरिद गरेकाले साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ हाराहारीमा छ ।

 

11 Ferbury 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex