४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विवाह पञ्चमीको अवसरमा प्रदेश २ मा आज र भोली विदा


प्रकाशित: मंगलवार, २५ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । विवाह पञ्चमीको अवसरमा प्रदेश २ मा आज (मंगलवार) र बुधवार सार्वजनिक विदा दिएको छ । 


प्रदेश सरकारले विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे हो । 


विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन । 


जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन हिजो राममन्दिरको रामवागमा भगवान रामको तिलकोत्सव सम्पन्न भएको छ । 


यस पटक जानकी मन्दिरबाट एक हजार एक भार (कोशेली) राममन्दिरमा भगवान रामको तिलकका लागि गएका थिए ।


यसैबीच भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन । जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । 


जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । 


विवाह पञ्चमीको अवसरमा भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ आउने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex