३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विवाहेत्तर सम्बन्धको पोल खोलेपछि कपनमा एक जोडीद्धारा आत्महत्या


प्रकाशित: सोमवार, २० साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । विवाहेत्तर सम्बन्धको पोल खुलेपछि कपनमा एक जोडीले रुखमा झुण्डिएर आत्महत्या गरेका छन । 


प्रहरीका अनुसार आत्महत्या गर्नेहरुमा सोलुखुम्बु सोताङ–४, नाम्लुङका २१ वर्षीय अमिररचन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ रहेका छन । 


विवाहित निर्मला खालिङ र अमिररचन्द्र नाछिरिङको नाजायज सम्बन्धको पोल खोलेपछि आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 


महानगरीय प्रहरी वृत्त, बौद्धले एउटै रुखमा उनीहरु भुण्डिएको अवस्थामा भेटिएको जनाएको छ । प्रहरीले दुवैको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।


एक छोरीकी आमा खालिङ छोरी पढाउन भन्दै उनी काठमाडौं आएको बुझिएको छ । नाछिरिङ भने अविवाहित रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex