७ बैशाख २०८१, शुक्रबार
Header

विवाहको साइनो गाँस्न शांघाईको पीपल्स पार्क


प्रकाशित: शनिबार, १९ साउन २०७५, २०ः४५ बजे
- बिजयकृष्ण श्रेष्ठ

शनिवारको दिन थियो र पानी परिरहेको थियो । तै पनि शांघाईको पीपुल्स पार्कमा मानिसहरुको भीड लागेको थियो । पार्कको बाटोको किनारामा उभिरहेका र बसिरहेका मानिसहरु कोही कसैको प्रतीक्षा थिए त कोही कुराकानी गरिरहेका थिए । कसैले छाता ओढेका थिए त कोहीले जमिनमा राखेका थिए । छाता, भित्ता, जमिन र रुखमा ए४ साइजको पानामा मान्डारिन भाषामा केटा र केटीहरुका बायोडाटा लेखिएका थिए । बायोडाटाको मतलब थियो, केटा र केटीको उमेर, वार्षिक तलब, जन्मदिन र जन्मपत्रिका (चिना) ।

 
सन् २००५ देखि वर्षेनी यो विवाहको बजार हरेक सप्ताहान्त जम्दै आइरहेको छ । त्यो बेला यहाँ पार्क घुम्नआउने मानिसहरुले नै आफ्ना छोराछोरीका विवाहका लागि कुराकानी चलाउन थाल्ने भए । त्यसपछि नै विस्तारै यो ठाउँ विवाह बजार बन्न थाल्यो ।

 
चीनमा महँगी बढ्दैछ, त्यसकारण केटा र केटीमा आफ्नो पार्टनरका लागि आशा र अपेक्षा पनि बदलिँदैछ । यिनीहरु ढीलो बिहे गर्दैछन् वा बिहे नै गर्दैनन् वा विवाहको सम्बन्धमा यिनीहरुको धारणा बदलिँदैछ । चाइनिज एकेडमी अफ सोसल साइन्सेसका अनुसार चीनमा सन् २०२० सम्ममा कुमारी केटीहरुको तुलनामा कुमार केटाहरुको संख्या ३ करोडले बढी हुनेछ । चीन जस्तो तीव्र गतिमा विकास गरिरहेको देशमा यस्तो हुनु स्वाभाविकै हो जस्तो अमेरिका, जापान, भारतमा भइरहेको छ । यस्तै गरी भारतमा जस्तो चीनमा पनि आफ्ना सन्तानले बिहे गरेनन् वा बिहे गर्न ढीलो भयो भने आमाबाबु र नातेदारहरु चिन्तित हुन्छन् । 


पार्कमा भेटिएकी ग्रेसको कुरालाई नै लिऔँ । ग्रेस अस्ट्रेलियामा रहन्छिन् र आफ्नो भाञ्जा झाँग शि मिंगको विवाहका लागि शांघाईको यस पार्कमा आएकी छन् ।  मोबाइलमा झाँगको फोटो देखाउँदै उनी भन्छिन्– मेरो भाञ्जा महिनामा ५००० युआन कमाउँछन्, तर केटीको परिवारको भनाइ छ कि कमसेकम पनि महिनामा १०, ००० कमाउने युवासँग मात्र आफ्नी छोरी उनीहरुले दिनेछन् । आफ्ना लागि केटी खोज्न नसकेर मेरो भाञ्जा खराब हालतमा छ । चीनमा बिहे गर्नका लागि टाउको माथि आफ्नै छत हुन पनि आवश्यक मानिन्छ, अनि चीनमा घरको मूल्य करोडौँ पर्छ । ग्रेस भन्छिन्, “यदि मैले ऋण लिएर उसका लागि घर किनेँ भने पनि त्यसलाई चुक्ता गर्न उसलाई दशकौँ लाग्नेछ । हाम्रो जमानामा सरकारले नै घरको बन्दोबस्त गथ्र्यो र हामीलाई आपूmलाई प्यार गर्ने साथी मात्र खोजे पुग्थ्यो ।” ग्रेस अहिले कुनै मौकाले साथ दिइहाल्छ कि भन्ने आशमा छिन् । 


चीनमा कोही महिलाको समयमै विवाह भएन भने उसलाई लेफ्टओभर अर्थात् बचेखुचेको भनेर हेयका दृष्टिले हेर्ने पनि गरिन्छ । चीनमा कानुनतः बिहे गर्नका लागि पुरुषहरुलाई २२ वर्ष र महिलाहरुलाई २० वर्षको उमेर तोकिएको छ । 
परिस्थिति त्यति सजिलो छैन, तैपनि कुनै प्रकारले कुरा मिल्यो भने त मिलिहाल्यो नि भनेर यहाँ मानिसहरुको बाक्लै घुइँचो लाग्ने गरेको छ । यो कुनै इन्टरनेटको भर्चुयल साइट जस्तो ठाउँ होइन, यहाँ त प्रत्यक्ष कुराकानी हुन्छ, त्यो पनि आफ्ना सन्तानको विवाहका लागि यो ठाउँमा अभिभावकहरु नै आउँछन् । 

साभार ः बीवीसी हिन्दी

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD