१४ बैशाख २०८१, शुक्रबार
Header

विवाहको प्रलोभनमा नेपाली चेली चीनमा तस्करी !


प्रकाशित: शुक्रवार, १३ भाद्र २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । विवाहको प्रलोभनमा पारी नेपाली चेलीलाई चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ । 


प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो ।


साथै व्यूरोले सो गिरोहबाट े ४ जना पीडित महिलाको उद्धार पनि गरेको जनाएको छ । 


व्यूरोका प्रमुख एसएसपी ईश्वर कार्कीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपाली नागरिक सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन ।


त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ रहेको व्यूरोले जनाएको छ । 


व्यूरोका अनुसार चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लग्ने गरेको पाइएको छ । 


व्यूरोले अभियुक्तको करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद र साथबाट १२ वटा मोबाइल बरामद समेत गरेको छ । 


यो प्रकृतिको मानव तस्करीलाई ‘ब्राइड बाइङ’ भनिने ब्युरोका अधिकारीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD