२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विवादित रेस्टुरेन्टबारे छानविन गर्न समिति गठन


प्रकाशित: विहिवार, २२ पुस २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नारायणहिटी दरवार संग्रहालयभित्र निर्माण कार्य रोकिएको रेष्टुरेन्ट विवादबारे छानविन गर्न छानविन समिति गठन गरिएको छ ।

 
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।


समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगीलाई दिइएको छ ।


उक्त समितिले समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने सहसचिव लुईटलले बताए । समितिले नारायणहिटीभित्र बनिरहेको रेस्टुरेन्ट कति वैध र कति अवैध छ, त्यहाँ रेस्टुरेन्ट आवश्यक छ कि छैन ? सम्झौता विपरीत कुनै काम भएको छ कि छैन र सम्झौताकै वैधानिकता कति छ ? भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex