२ जेठ २०८१, बुधबार
Header

विवादस्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे पक्राउ 


प्रकाशित: बुधवार, १७ साउन २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई बुधवार विहान प्रहरीले पक्राउ गरेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल उनीसँग बयान लिइरहेको पनि बताएको छ । 


केही समय अघि उनले एक टेलिभिजन अन्तरवार्ताको क्रममा मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे विवादस्पद अभिव्यक्ति दिएपछि सो समुदाय आन्दोलित छ । 


उनले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन । 


आज दिउँसो पाण्डेलाई पक्राउको माग गर्दै आन्दोलित समुदायले जिल्ला प्रहरी कार्यलय परिसर टेकुमा प्रदर्शन समेत गरको थियो । सो क्रममा प्रहरी र आन्दोलनकारी विच झडप समेत भएको थियो । 


प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


दबाब स्वरुप भएको कार्यक्रमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नेतृत्वमा प्रदर्शन भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD